लाग्छ चुमिरहु ती ओठ बिस्तारै बिस्तारै
लियो मनले यस्तै अठोट बिस्तारै बिस्तारै
न लाग्छ भोक न लाग्छ निंद नै रातमा
लौ न लाग्यो यो कस्तो रोग बिस्तारै बिस्तारै
कुरै नबुझी रिसाउन पाउनुहुन्न
पख्नुस भन्दैछु सबथोक बिस्तारै बिस्तारै
मेरो मनले के चाहेको हो, बुझिदिनु भो
साँच्चै भएकै हो संयोग बिस्तारै बिस्तारै
निशा प्रतीक्षित
No comments:
Post a Comment