Monday, August 31, 2015

कबिताकाे शिर्षक :- भट्टीकाे उधारेा

  भट्टीकाे उधारेा
अाज अागनमा अाइरहंदा मेरा साहु लाग्छ गाेमन फणा फूलाएर मेरै वरिपरि घिस्रिरहेछ उ बाेलिरहदा लाग्छ गहिराे बासनाले अाएकाे बेग्र ध्वनि जस्ताे उ हांसिरहंदा लाग्छ स्वयम्् कालले मलाइ जिस्काइरहेछ जब साहु मेराे अगाडि पर्छ लाग्छ म सर्प र गरूड बनेर पखेटा फिजाउदै मलाइ ठूगिरहेछ एकदिन मेराे अांसूनै हास्ने अामाकाे फरियामा टास्सिदै मैले साेधेकि थिए,, भन्नुस तिर्नु त छदै छ ,, कति खायाे मेराे बाउले यसकाे भटटिमा उधाराे ,,, अामाले रूदै रूदै सुनाइन् म जन्िमदानै एक हातले रक्सिकाे बाेतल समाउंदै अर्काे हातले ल्याप्चे लगाउंदै गर्वले छाति फुलाउदै मेरा बाउले यसरि बाेले रे,,,,,,,,,,,,,, हावासंगै बहने हे न्यायकर हावा तं जुन पक्षमा हिंड (अब छाेरिकै जवानीले तीरिन्छ याे भटटीकाे रिंण)२

Shanti acharya

न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो ...



न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो
जिन्दगी कहिल्यै पनि भैदिएन चिताए जस्तो

कति मज्जाले चोट दिन सक्छ यो समय पनि
रुवाउनुसम्म   रुवाएर  गर्छ हसाएजस्तो

 आफू भोकै रहेर बच्चालाई खुवाउने गर्छिन्
लाग्छ बच्चाले खाँदा आमा आफैनै अघाए जस्तो

आज बाकसमा फर्कियो परदेशिएको छोरो
ती अनगिन्ती सपना बाकसमै अटाए जस्तो

किन पटक पटक हेर्छु म तस्बिर भित्तामा
दिलमा नभइ तिम्लाई भित्तामा सजाएजस्तो

जीवनको शुन्यता!

भुकम्पको झट्काबाट, बँचेको छ जिवन तर, सबै आशाका लहराहरू चुटिएकाछन् रूखबाट सुकी झर्ने पातझैँ अनि, मेरा सपना? सपना लडेका छन् धरहराझैँ, सायद, अब कहिले नउभिने गरी! सुन्छु, छोरी भनी बोलाएको तर, "अब कुनै जीवन बाँकी छैन" भन्छन् उद्धारकर्मी अनि त्यहि मेरो घरको धुजा माटो समाति रून्छु आखिर, आँसुबाहेक मानिसको दिगो आफन्त,सम्पत्ति अरू हुँदैन झँै लाग्छ सम्झन्छु, "पढेर धेरै ठुलो बन्नू अब यस्ले हाम्रो दिन फिराउँछे" आमा भन्नु हुन्थ्यो अनि म पनि फुर्किदै पढ्न बस्थेँ बुवा, मलाई हेर्दै मुस्काउनु हुन्थ्यो वास्तवमै, मेरो पढाई, मेरो मिहिनत केवल परिवारको दिन फिराउन थियो! त्यसैले, अहिले, म स्वप्न शुन्य छु कारन परिवार शुन्य छु गुरू भन्नुहुन्थ्यो "जीवन शुन्य देखि शुन्यसम्मको यात्रा" लाग्छ, सायद अब म यात्राको अन्तिम शुन्यमा छु!
अप्सना अधिकारी

Sunday, August 30, 2015

:- यादहरुको घाउ



तिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई।

कुनै कुनै प्रेम कहानी यत्तिकै मिठा लाग्छन....

एक अक्षरी

कुनै कुनै प्रेम कहानी यतिकै मिठा लाग्छन्
अधुरा ती रहर सबै अधुरै  मिठा लाग्छन्

भेट्नु छुट्नु जिन्दगीको रित भन्छु मैले पनि
कहिलेकाहीँ सम्बन्ध टाढा-बाटै मिठा लाग्छन्

जति दुर भए नि याद बनी आउनु तिमी
हामी दुईको भेट्घाट सपनीमै मिठा लाग्छन्

रुन्छौ होला एकान्तमा दुख्ने मुटु दुखिहाल्छ
समयका प्रहार ती रुदाँ-रुदैँ मिठा लाग्छन्

यस्तै लेख्यो नियतीले के नै गर्न सकिन्छ र?
नियतीका चोट सबै त्यसै-त्यसै मिठा लाग्छन् !!!

निशा प्रतीक्षित

कबिता :- दृश्य -प्रश्न

कविता-“दृश्य-प्रश्न”


यहाँ,
प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा!
अनायासै दुख्छ-
सर्टिफिकेट च्यापेको शिरानी!!
डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !!
जब-जब,

कविता :- क्रमभंगता

कविता : क्रमभंगता

अचेल मान्छेहरु
हिंडेजस्तो गरेर
दौडिएजस्तो गरेर
अनि उडेजस्तो गरेर
त्यहीं छन्
त्यहीं पुगेका छन्
र त्यहीं झरेका छन् !

सहरेहरुले बगरेहरुलाई फुकेका अफवाहहरुमा
सेतीको बगरमा हथौडा छोडेर
उ हिँडेको थियो ,
नयाँ क्रमभंगताको अठोट लिएर
तर  ठेलाहरुले
संघारको गेटमा छिस्कनी छुन नपाउंदै
भुन्टे र उ बिचको क्रमभंगता भयो
उ फर्कियो बगरमै
र फूलमायाले कात्रोमाथी ओढाई
एउटा हथौडा !

उ अँध्यारो बालेर
उज्यालो निभाउन उडेको थियो
छायाँ उजाडिएको घामको ओसबाट
बुझेन कहिल्यै उचाई भित्रका अवतरण हरु
जालोका आकाशहरुमा कावा खान नपाउदै
साने र उ बिचको क्रमभंगता भयो
र झर्यो बगरमै ,
फेरी फूलमायाले ओढाई कात्रोमाथी
एउटा रातो घाम !

उ पनि दौडिएको थियो
धेरै परसम्म
अझै परसम्म
सायद पुगेछ कुमालेहरुको बस्तीमा
समय चक्रको खेलसंगै
अँध्यारा रातहरुमा
बनाए कुमालेहरुले
हिउँको एउटा अम्खोरा
माटो संगको क्रमभंगतामा
उ फर्कियो बगरमै
अनि ओढाई फूलमायाले कात्रोमाथी
केहि ताराहरु !

उ अचेल टोहोलाएर बस्छे
सगरमाथा पट्टि फर्किएर
आँखाहरु बाट
आँखाहरु निस्किएर हिंडेका धेरै भइसके
अहँ , फर्किएनन आँखाहरु आँखासम्म
केहि सन्देशहरु आए
दृष्टी र आँखाहरु बिचका क्रमभंगता हरुमा
धादिंग र सामाखुसी बाट
तर उ पर्खिरहेकी छे
यौटा संदेश आओस
हत्केलाका  ठेलाहरुले
मूल गेटको छिस्कनी खोलिसके
कावा खाने गगन बाट जालोहरु हटिसक्यो
कुमालेहरुको बस्तीमा चक्रहरू भत्काइए ,

साच्चै फुलमाया
अन्तिम क्रमभंगताको व्यग्र प्रतिक्षामा छे !

- विजय याेजीत

Saturday, August 29, 2015

गजल

बेचेर यी गुलाब सारा बुझ्न सकिएन ।
किन चलाउछन् गुजारा बुझ्न सकिए।।
.
धेरैले 'याद नै हो 'भनेर प्रमाणित गरे।
तर यो दीलको हत्यारा बुझ्न सकिएन।।
.
कुनैदिन नजर नजरले कुरा गरिन्थ्यो ।
आज ती हातकै ईशारा बुझ्न सकिएन ।।
.
सधैँ आकाश छोडेर तलाउमा आउछन् ।
किन आउछन् जुन,तारा बुझ्न सकिएन ।।
.
दिनमै बत्ती बालेर सूर्यको खोजी गर्छन्।
य़ी मान्छेहरूको पारा बुझ्न सकिएन।।
.
लक्ष्मण संगम,अछाम

सावन अनि उनी

जीन्दगीका इन्द्रेणी रंग घोलेर
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु .......र देश सम्म मेरो पिछा गर्नेछ 
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछनयी पर...............देशी मन
हो
मेहन्दीको रंग भन्दा गाढा बस्नेछ माथिङ्गलमा
मीठो नशाले लट्ठ हुनेछ तन ।

आत्मीयताको घुम्टो

मुक्तक

तिम्रै यादहरुको यति मज्जासंग लत लागेको छ
बस! तिमीलाई नै सम्झिरहने आदत लागेको छ
म हराइरहन्छु आजभोलि एकान्तमा कताकता 
यो मुटुभित्र तिम्रै प्यारको दस्तखत लागेको छ!!
निशा 'प्रतीक्षित'

गजल



मलाई किन आँखा तर्छेउ कसेर अङ्गालोमा
आफै गर्नु विधि गर्छेउ कसेर अङ्गालोमा

कहिले काहीँ त छक्क पर्छु त्यो प्यास देखेर
हत्तपत्त अधर भर्छेउ कसेर अङ्गालोमा

रिसमा होला वायु पनि नछोइदा सामु बाट
अझै कति नजिक सर्छेउ कसेर अङ्गालोमा

यी जवानिको चाहाना सम्हाल्नै गाह्रो हुन्छ
जब मेरै भर पर्छेउ कसेर अङ्गालोमा

अनिश' एक्लै मुस्कुराउछ तिमिलाई सम्झेपछी
साच्चै मीठो सुवास छर्छेउ कसेर अङ्गालोमा

कालिकोटे अनिश
थाहा नगरपालिका
हाल काठमाडौ

ओ बाहुनी !

तेरो र मेरो जात मिल्दैन
ओ बाहुनी!
तेरो र मेरो धर्म मिल्दैन
रुपरङ्ग र कद पनि मिल्दैन
तर इ हेर त-
तेरो र मेरो मन कत्ती मिलेको?
इतिहासमा
तेरो इतिहासको चुच्चो नाकले
मेरो नेप्टो इतिहासलाइ घोच्यो होला
समयको पिरामिड अग्लिदै जादा
मेरो चिम्से आखाले
तेरो समुदाय बिरुद्ध रक्तिम सपना देख्यो

गजल

हालातले पनि यस्तो खेल खेली दियो तिमीले सम्झियौ तब उसले बिर्सियो बिश्वास लाग्न छोड्याे यी मान्छेहरुको जब लासको कोखबाट बच्चा जन्मियो मलाई थाहा छ त रोएर दौडिएको बता, ए समय तेरो मजबुरी के थियो ? आजै हुने हो उसको मृत्युको फैसला उ निकैबेर ऐनाको अगाडि उभियो कपिल अन्जान ।

गजल

कहिलेकाही जिन्दगीले आफ्नै छाँया छोडीदिन्छ छोरोले पनि बुहारीका निम्ति आमा छोडीदिन्छ समय पनि चटक देखाउँछ बेला बखतमा अनेक मोडमा ल्याएर जमाना छोडीदिन्छ के गर्छौ देश यस्तै छ कानुन यस्तै छ यहाँ इमानदारलाई थुन्छ अनि हत्यारा छोडीदिन्छ सीमीत रहँदा सम्झनामा मात्र यौटा कथा अनायासै नुनिलो पानी यो आँखा छोडीदिन्छ म चाहन्थेँ यो देश सिङ्गो रहिरहोस् सधैँ सरकार भने विभिन्न प्रदेशको खाका छोडीदिन्छ निशा प्रतीक्षित

Friday, August 28, 2015

कबिता : मुर्दा!

'मुर्दा'

आजभोलि अक्सर म
आर्यघाटमा हुने गर्दछु
टोलाइरहेको अवस्थामा,
मुर्दा जलिरहेको आगोबाट निस्की रहेको
धुवाँमा
तरङ्गित भैरहेको देख्छु म
तिम्रै त्यागका प्रतिबिम्बहरु
साच्चै तिमी मुर्दा भन्दा
केही कम भएका छैनौ आजकल।

मेरो खुशीका निमित्त
तिमीले आफैलाई मार्न
कुनै कसर बाकी राखेनौ
तिमी ,मेरो सामु सिंगै खडा छौ
तर,
निशब्द, मौन,प्रतिक्रिया बिहिन।

किन आवाज निस्किदैन हँ
त्यो तिम्रो ओठबाट ??
हिजो मसँग घन्टौँ बोलेर
नथाक्ने ती ओठहरु
आज हिच्किचाउँदै छन मेरो अगाडि
अनि चुपचाप छन मेरो निकटतामा पनि

बस मौन,निशब्द, चुपचाप
ती तिम्रा ओठ सम्झन्छु
र सोच्छु
सायद आभास भयो होला
त्यो मनलाई
यो अरु कसैकी हो भनेर।

त्यसैले त
हालिदियौ तिमीले मलाई
मेरो बिगतको पोल्टामा
टाढा बनाउन चाह्यौ मलाई आफुबाट
जानेबेला,
'म जाउँ' भनेर सोध्दा नजा भन्न सकेनौ

मलाई अरु कसैको जिन्दगीमा पठाइदिएर
आफुलाई मुर्दा बनायौ
त्यस्तो मुर्दा जो सास मात्र फेर्छ
तर कुनै प्रतिक्रिया दिदैन
मैले बारबार बोलाउँदा नि बोल्दैन
कि मैले नै मलाई स्नेह गर्ने
त्यो तिम्रो मन मारिदिएर
तिम्लाई मुर्दा बनाए हँ???

मलाई थाहा छ
तिमी मलाई अगाध प्रेम गर्छौ
त्यसैले त यति ठुलो त्याग गरेका छौ
मलाई नै त्यागी दिएर
म पनि अझै तिमीलाई अगाध प्रेम गर्छु
पहिले जस्तै
त्यसैले
 मलाई आर्यघाट पृय लाग्न थालेको हो
तिमी मुर्दा बनेदेखी ।।।।

लाग्छ चुमिरहुँ ती ओठ ....


लाग्छ चुमिरहु ती ओठ बिस्तारै बिस्तारै
लियो मनले  यस्तै अठोट बिस्तारै बिस्तारै

न  लाग्छ भोक  न लाग्छ निंद नै रातमा
लौ न लाग्यो यो कस्तो रोग बिस्तारै बिस्तारै

कुरै नबुझी  रिसाउन पाउनुहुन्न
पख्नुस भन्दैछु  सबथोक बिस्तारै बिस्तारै

मेरो मनले के चाहेको हो, बुझिदिनु भो
साँच्चै भएकै हो संयोग बिस्तारै बिस्तारै

निशा प्रतीक्षित

मलाई किन आँखा तर्छेउ कसेर अंगालोमा.... :- गजल

गजल

मलाई किन आँखा तर्छेउ कसेर अङ्गालोमा
आफै गर्नु विधि गर्छेउ कसेर अङ्गालोमा

कहिले काहीँ त छक्क पर्छु त्यो प्यास देखेर
हत्तपत्त अधर भर्छेउ कसेर अङ्गालोमा

रिसमा होला वायु पनि नछोइदा सामु बाट
अझै कति नजिक सर्छेउ कसेर अङ्गालोमा

यी जवानिको चाहाना सम्हाल्नै गाह्रो हुन्छ
जब मेरै भर पर्छेउ कसेर अङ्गालोमा

अनिश' एक्लै मुस्कुराउछ तिमिलाई सम्झेपछी
साच्चै मीठो सुवास छर्छेउ कसेर अङ्गालोमा

कालिकोटे अनिश
थाहा नगरपालिका
हाल काठमाडौ

Thursday, August 27, 2015

यता तिर नहेर्नु घरीघरी :- निशा प्रतीक्षित

श्रृङ्गारिक गजल

यतातिर नहेर्नु घरिघरि, मैले भनिदिएकी छु
गर्न पाउनेछैनौ मनपरी, मैले भनिदिएकी छु

अलिकति ठाउँ खाली हुँदा छेउमै बस्न आइपुग्यौ
केही गर्न दिन्न नजिक सरि, मैले भनिदिएकी छु

भयो कुनै जिद्दी गर्दै नगरे हुन्छ मसँग तिमिले
जादैँ जान्न म प्यारको नगरी, मैले भनिदिएकी  छु

सधैं सधैं तिमी यसरी हतारीन्छौ र त रिस उठ्छ
पर्ख!अघि बढौला न सुस्तरी, मैले भनिदिएकी छु

कति मिठो आभास हुनेछ बर्षात हुँदा पिरतीको
हामीसँगै रमाउनेछ झरी, मैले भनिदिएकी छु

सर्बाधिकार @निशा प्रतिक्षित

खोलेर हेर्छु मनको पर्दा:- विशाल अनुराग

मुक्तक
खोलेर हेर्छु मनको पर्दा तिमीलाईनै देख्छु ।।
खुशी हुँदा अनि आँशु झर्दा तिमीलाईनै देख्छु ।।
भन्नेहरु खै किन मायाँ अन्धो हुन्छ भन्छन...
मत आँखा खोल्दा/बन्द गर्दा तिमिलाईनै देख्छु ।।

बिशाल 'अनुराग'
भरतपुर

म गीत लेख्छु, म गजल लेख्छु:- नृपेश उप्रेती

म गीत लेख्छु म गजल लेख्छु
म जिन्दगीको हरेक पल लेख्छु

म देखेको लेख्छु भोगेको लेख्छु
म मनले लेख्छु र निश्चल लेख्छु

सोचेर लेख्छु सम्झेर लेख्छु
म मेटन नपर्ने गरि अट्ल लेख्छु

नेपाल मनमा सगरमाथा छ शिरमा
म हिमनदीको पबित्र जल लेख्छु

जल्दैछ आज माइती सीताको
म बुद्वभुमीमा रगतको भल लेख्छु

म फुटेको हैन जुटेको नेपाल
सुन्दर शान्त सफल सबल लेख्छु

नृपेश उप्रेती
पिठुवा ३ चितवन
नेपाल
जब उताबाट बाहिरियो, यताबाट  बाहिरियो
जिन्दगी सङ्घर्ष हुदै शुन्यताबाट बाहिरियो

यो ससारमा घामको पनि अस्तित्व रहेनछ
घाम हेर्दा हेर्दै बिस्तारै छाताबाट बाहिरियो

सायद नाङ्गो नाचको अब अर्थ पनि रहला
सभ्यता पनि इलाका, इलाकाबाट बाहिरियो

स्वतन्त्र हुने नाममा यस्तो बरदान पाएछ !
जम्मै चरा, ती आफ्नो पखेटाबाट बाहिरियो

खै को अन्जान होला ती अनुहारहरुमा ?
जो मान्छे दुनियाँको आखाबाट बाहिरियो

कपिल अन्जान
कोहलपुर, बाँके
बजाउँदै हातका चुरा, इसारा दिदाँ पनि
बुझिदेनौँ मनका कुरा, इसारा दिदाँ पनि

आएकी हुँ समिपैमा, छ्न् रहर मनैभरी
मान्दिएनौ गर्न पुरा, इसारा दिदाँ पनि

हराउँदै तिमी भित्रै, बसाउथें संसार तर,
बाधीँ रहन्छौँ पाखुरा, इसारा दिदाँ पनि

बग्न संगै पिरतीमा,मौका छोपी बोलाए
बनेनौँ कहिल्यै  सुरा, इसारा दिदाँ पनि

यस्तै तालमा जिन्दगी यो,कहाँ चल्छ ए हजुर!
राखी काम यसै अधुरा,इसारा दिदाँ पनि!!

प्रतीक्षित
बारबार सताउँछौ यार,यादहरु पठाएर
नगर भो ! अत्याचार,  यादहरु पठाएर

जब तिमी बेस्सरी,धड्किन्छौ मुटुभित्र
ढुकढुकी गर्छ प्रहार, यादहरु पठाएर

पख तिम्लाई पनि, म छोड्दै छोड्दिन
गरिदिन्छु सीमा पार, यादहरु पठाएर

तिम्रो तस्बिर हरबखत,आफैँसंग राख्छु अनि
चुमिदिन्छु लगातार, यादहरु पठाएर

Ads Inside Post