Monday, August 31, 2015

न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो ...



न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो
जिन्दगी कहिल्यै पनि भैदिएन चिताए जस्तो

कति मज्जाले चोट दिन सक्छ यो समय पनि
रुवाउनुसम्म   रुवाएर  गर्छ हसाएजस्तो

 आफू भोकै रहेर बच्चालाई खुवाउने गर्छिन्
लाग्छ बच्चाले खाँदा आमा आफैनै अघाए जस्तो

आज बाकसमा फर्कियो परदेशिएको छोरो
ती अनगिन्ती सपना बाकसमै अटाए जस्तो

किन पटक पटक हेर्छु म तस्बिर भित्तामा
दिलमा नभइ तिम्लाई भित्तामा सजाएजस्तो

No comments:

Post a Comment

Ads Inside Post