Sunday, August 30, 2015

कुनै कुनै प्रेम कहानी यत्तिकै मिठा लाग्छन....

एक अक्षरी

कुनै कुनै प्रेम कहानी यतिकै मिठा लाग्छन्
अधुरा ती रहर सबै अधुरै  मिठा लाग्छन्

भेट्नु छुट्नु जिन्दगीको रित भन्छु मैले पनि
कहिलेकाहीँ सम्बन्ध टाढा-बाटै मिठा लाग्छन्

जति दुर भए नि याद बनी आउनु तिमी
हामी दुईको भेट्घाट सपनीमै मिठा लाग्छन्

रुन्छौ होला एकान्तमा दुख्ने मुटु दुखिहाल्छ
समयका प्रहार ती रुदाँ-रुदैँ मिठा लाग्छन्

यस्तै लेख्यो नियतीले के नै गर्न सकिन्छ र?
नियतीका चोट सबै त्यसै-त्यसै मिठा लाग्छन् !!!

निशा प्रतीक्षित

No comments:

Post a Comment

Ads Inside Post