Monday, August 31, 2015

कबिताकाे शिर्षक :- भट्टीकाे उधारेा

  भट्टीकाे उधारेा
अाज अागनमा अाइरहंदा मेरा साहु लाग्छ गाेमन फणा फूलाएर मेरै वरिपरि घिस्रिरहेछ उ बाेलिरहदा लाग्छ गहिराे बासनाले अाएकाे बेग्र ध्वनि जस्ताे उ हांसिरहंदा लाग्छ स्वयम्् कालले मलाइ जिस्काइरहेछ जब साहु मेराे अगाडि पर्छ लाग्छ म सर्प र गरूड बनेर पखेटा फिजाउदै मलाइ ठूगिरहेछ एकदिन मेराे अांसूनै हास्ने अामाकाे फरियामा टास्सिदै मैले साेधेकि थिए,, भन्नुस तिर्नु त छदै छ ,, कति खायाे मेराे बाउले यसकाे भटटिमा उधाराे ,,, अामाले रूदै रूदै सुनाइन् म जन्िमदानै एक हातले रक्सिकाे बाेतल समाउंदै अर्काे हातले ल्याप्चे लगाउंदै गर्वले छाति फुलाउदै मेरा बाउले यसरि बाेले रे,,,,,,,,,,,,,, हावासंगै बहने हे न्यायकर हावा तं जुन पक्षमा हिंड (अब छाेरिकै जवानीले तीरिन्छ याे भटटीकाे रिंण)२

Shanti acharya

न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो ...



न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो
जिन्दगी कहिल्यै पनि भैदिएन चिताए जस्तो

कति मज्जाले चोट दिन सक्छ यो समय पनि
रुवाउनुसम्म   रुवाएर  गर्छ हसाएजस्तो

 आफू भोकै रहेर बच्चालाई खुवाउने गर्छिन्
लाग्छ बच्चाले खाँदा आमा आफैनै अघाए जस्तो

आज बाकसमा फर्कियो परदेशिएको छोरो
ती अनगिन्ती सपना बाकसमै अटाए जस्तो

किन पटक पटक हेर्छु म तस्बिर भित्तामा
दिलमा नभइ तिम्लाई भित्तामा सजाएजस्तो

जीवनको शुन्यता!

भुकम्पको झट्काबाट, बँचेको छ जिवन तर, सबै आशाका लहराहरू चुटिएकाछन् रूखबाट सुकी झर्ने पातझैँ अनि, मेरा सपना? सपना लडेका छन् धरहराझैँ, सायद, अब कहिले नउभिने गरी! सुन्छु, छोरी भनी बोलाएको तर, "अब कुनै जीवन बाँकी छैन" भन्छन् उद्धारकर्मी अनि त्यहि मेरो घरको धुजा माटो समाति रून्छु आखिर, आँसुबाहेक मानिसको दिगो आफन्त,सम्पत्ति अरू हुँदैन झँै लाग्छ सम्झन्छु, "पढेर धेरै ठुलो बन्नू अब यस्ले हाम्रो दिन फिराउँछे" आमा भन्नु हुन्थ्यो अनि म पनि फुर्किदै पढ्न बस्थेँ बुवा, मलाई हेर्दै मुस्काउनु हुन्थ्यो वास्तवमै, मेरो पढाई, मेरो मिहिनत केवल परिवारको दिन फिराउन थियो! त्यसैले, अहिले, म स्वप्न शुन्य छु कारन परिवार शुन्य छु गुरू भन्नुहुन्थ्यो "जीवन शुन्य देखि शुन्यसम्मको यात्रा" लाग्छ, सायद अब म यात्राको अन्तिम शुन्यमा छु!
अप्सना अधिकारी

Sunday, August 30, 2015

:- यादहरुको घाउ



तिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई।

कुनै कुनै प्रेम कहानी यत्तिकै मिठा लाग्छन....

एक अक्षरी

कुनै कुनै प्रेम कहानी यतिकै मिठा लाग्छन्
अधुरा ती रहर सबै अधुरै  मिठा लाग्छन्

भेट्नु छुट्नु जिन्दगीको रित भन्छु मैले पनि
कहिलेकाहीँ सम्बन्ध टाढा-बाटै मिठा लाग्छन्

जति दुर भए नि याद बनी आउनु तिमी
हामी दुईको भेट्घाट सपनीमै मिठा लाग्छन्

रुन्छौ होला एकान्तमा दुख्ने मुटु दुखिहाल्छ
समयका प्रहार ती रुदाँ-रुदैँ मिठा लाग्छन्

यस्तै लेख्यो नियतीले के नै गर्न सकिन्छ र?
नियतीका चोट सबै त्यसै-त्यसै मिठा लाग्छन् !!!

निशा प्रतीक्षित

कबिता :- दृश्य -प्रश्न

कविता-“दृश्य-प्रश्न”


यहाँ,
प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा!
अनायासै दुख्छ-
सर्टिफिकेट च्यापेको शिरानी!!
डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !!
जब-जब,

कविता :- क्रमभंगता

कविता : क्रमभंगता

अचेल मान्छेहरु
हिंडेजस्तो गरेर
दौडिएजस्तो गरेर
अनि उडेजस्तो गरेर
त्यहीं छन्
त्यहीं पुगेका छन्
र त्यहीं झरेका छन् !

सहरेहरुले बगरेहरुलाई फुकेका अफवाहहरुमा
सेतीको बगरमा हथौडा छोडेर
उ हिँडेको थियो ,
नयाँ क्रमभंगताको अठोट लिएर
तर  ठेलाहरुले
संघारको गेटमा छिस्कनी छुन नपाउंदै
भुन्टे र उ बिचको क्रमभंगता भयो
उ फर्कियो बगरमै
र फूलमायाले कात्रोमाथी ओढाई
एउटा हथौडा !

उ अँध्यारो बालेर
उज्यालो निभाउन उडेको थियो
छायाँ उजाडिएको घामको ओसबाट
बुझेन कहिल्यै उचाई भित्रका अवतरण हरु
जालोका आकाशहरुमा कावा खान नपाउदै
साने र उ बिचको क्रमभंगता भयो
र झर्यो बगरमै ,
फेरी फूलमायाले ओढाई कात्रोमाथी
एउटा रातो घाम !

उ पनि दौडिएको थियो
धेरै परसम्म
अझै परसम्म
सायद पुगेछ कुमालेहरुको बस्तीमा
समय चक्रको खेलसंगै
अँध्यारा रातहरुमा
बनाए कुमालेहरुले
हिउँको एउटा अम्खोरा
माटो संगको क्रमभंगतामा
उ फर्कियो बगरमै
अनि ओढाई फूलमायाले कात्रोमाथी
केहि ताराहरु !

उ अचेल टोहोलाएर बस्छे
सगरमाथा पट्टि फर्किएर
आँखाहरु बाट
आँखाहरु निस्किएर हिंडेका धेरै भइसके
अहँ , फर्किएनन आँखाहरु आँखासम्म
केहि सन्देशहरु आए
दृष्टी र आँखाहरु बिचका क्रमभंगता हरुमा
धादिंग र सामाखुसी बाट
तर उ पर्खिरहेकी छे
यौटा संदेश आओस
हत्केलाका  ठेलाहरुले
मूल गेटको छिस्कनी खोलिसके
कावा खाने गगन बाट जालोहरु हटिसक्यो
कुमालेहरुको बस्तीमा चक्रहरू भत्काइए ,

साच्चै फुलमाया
अन्तिम क्रमभंगताको व्यग्र प्रतिक्षामा छे !

- विजय याेजीत

Ads Inside Post